मुम्बई - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य काेलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काेलकाताको जितमा राहुल त्रिपाठीले अविजित रहँदै ७४ रनको अर्धशतकीय इनिङ्ग्स खेले । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट…