सीमानाका बन्द हुँदा ताप्लेजुङमा याकका संख्यामा वृद्धि

फुङ्लिङ । पछिल्लो समय ताप्लेजुङमा याकका संख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । सीमानाका बन्द भएसँगै यसका संख्यामा वृद्धि भएको बताइएको छ । फक्ताङलुङ गाउँपालिका–७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्ष अगाडि ३२ याक थियो…