मुख्य समाचार

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै


काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिने भएको छ  । केन्द्रीय तथ्याङ्क विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मङ्सिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म  र दोस्रो चरणको २०७८ कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म भएको थियो । परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र  विदेशमा रहेकाको सङ्ख्या आज सार्वजनिक हुन लागेको हो । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares