भारतबाट पसेको हात्तीको बथान नफर्किँदा त्रास

झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए । भारतको सुकुना वन क्षेत्रबाट…