बिर्तामोडको फोहोर व्यवस्थापनमा दलहरुको साझा प्रतिवद्धता

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र रहेका राजनीतिक दलहरुले यहाँको फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरुबीचको एकता भए मात्र यहाँको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन हुने राजनीतिक दलका नेताहरुले बताएका छन् ।आज बिहान बिर्तामोड नगरपालिकाले आयोजना गरेको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा आवश्यक समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए । उनीहरुले…