काठमाडौं । राजनीतिक भेला र कार्यक्रम तत्काल बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले आग्रह गरेको छ ।
आज बसेको सीसीएमसी बैठकले दलहरुलाई कार्यक्रम नगर्न आग्रह नगर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई लेखि पठाइने भएको छ ।
राजनीतिक कार्यक्रम र मेला महोत्सवमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । पछिल्लो समय विज्ञहरुले यस्ता कार्यक्रम र भेलाहरु सुपर–स्प्रेडर इभेन्ट बनिरहेको भन्दै आलोचना गरिरहेका छन् ।







प्रतिक्रिया