काठमाडौं । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग…