बिर्तामोड । ‘द भइस किड्स’ को भोटिङ राउण्डमा प्रवेश गरेकी झापाकी ९ वर्षीया बालिका अनुजा कडरियालाई जिताउन सार्वजनिक अपील गरिएको छ । झापामा अभियान सुरु गर्दै कडरियालाई जिताउन अभिभावकहरुले आव्हान गरेका छन् ।
३ बर्षको उमेरदेखि गायनमा चाँसो राख्दै आएकी बालिका कडरिया हिमालय टेलिभिजनबाट प्रशारण हुँदै गरेको ‘द भइस किड्स’ भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् । बाल गायिकाका बुबा कुमार कडरियाले आइतवार बिर्तामोडमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै बालगायिका कडरियालाई भोट गरेर जिताउन सवै समक्ष आग्रह गरेका छन् ।

शिक्षक तथा छरछिमेकीको सल्लाह अनुसार सरगम संगितालयमा गायनका लागि पठाउने गरेको बुबा कडरियाले जानकारी दिए । उनले ७ बर्षको उमेरमा प्याब्सनले आयोजना गरेको गायन प्रतियोगितामा प्रथम भएको बताउका छन् । कडरिया बिर्तामोडको निदी माध्यमिक बिद्यालयमा कक्षा–४ मा अध्ययनरत छिन् ।
बाल गायिकालाई जिताउन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, समाजसेवी दीपककुमार दाहाल, सरगम संगितालयका दीपक रायमाझी, जनक खड्का, साहित्यकार भगवती ढुङ्गेललगायतले सामूहिक आग्रह गरेका छन् ।
नेपालभित्र रहनेले खल्ती एप र नेपाल बाहिर रहेनेले खल्ती डाउनलोड गरेर भोट गर्न सकिने गायिकाका दाजु प्रज्वल कडरियाले जानकारी दिए । बालिकाले आफै एल्बम ‘साना हाम्रा कृष्ण भाग १ र २’ दुईबर्ष अघि नै निकालेको दाई प्रज्वलले बताए ।







प्रतिक्रिया