बिर्तामोड । झापाको बिर्तामोडमा अनेरास्ववियुको सचिवालय बैठक शुरु भएको छ । पहिलो पटक झापामा अनेरास्ववियुको सचिवालय बैठक बसेको हो ।






बिर्तामोडको होटल सिद्धार्थमा बैठक शुरु भएको छ । बैठकले प्रदेश कमिटीको अधिवेशन, बिधान अधिवेशन र संगठनको महाधिवेशनको मिति तय गर्ने अध्यक्ष सुनिता बरालले जानकारी दिइन ।
बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अनेरास्ववियुको सचिवालय बैठकमा नेताहरु भानुभक्त ढकाल,हिक्मत कार्की, ऐन महर सहभागी भइसकेका छन् ।







प्रतिक्रिया