बिर्तामोड - मेची अस्पताल भद्रपुरमा डाक्टरमाथि कुटपिट भएको छ । श्रीमती विरामी भएपछि उपचारका लागि लिएर अस्पताल पुगेका पुष्प निरौलाले विरामीलाई चेकजाँच गरेर बाहिर निष्कने क्रममा गएराति डाक्टरमाथि कुटपिट गरेका छन् । ‘डाक्टर केवल कपुरी विरामीलाई चेक गरेर कोठाबाट बाहिर निस्कँदा एक्कासी बिना कारण कुटपिट भएको छ’, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर टंकप्रसाद बाह्रकोटीले भन्नुभयो,…