मुख्य समाचार

सवारी ज्यान मुद्धाका प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्धाका प्रतिवादी पक्राउ


बिर्तामोड । झापा प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । ०७१ सालदेखि फरार पथरी शनिश्चरे–१ का दोर्णे भन्ने दिपक पोखरेललाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालतले कारागार पठाउन आदेश दिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार पीसीआरको नतिजा आएपछि कारागार चलान गरिने बताइएको छ । पोखरेललाई २ वर्ष कैद र २ हजार जरिवाना फैसला सुनाइएको छ ।
सर्वोच्च अदालतले फैसला कार्यान्वयनका लागि झापा प्रहरीलाई पक्राउका लागि परिपत्र गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares