‘यास’ चक्रवातको प्रभाव देखिन थाल्यो, भोलिदेखि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । लुम्बिनी प्रदेश हुँदै काठमाण्डौ उपत्यकासम्म नै बादलका रुपमा यास चक्रवातको प्रभाव देखिन थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।…