विर्तामोड । हल्दिवारी १ का जनप्रतिनिधिहरु कोभिड संक्रमितलाई पोषिलो खानेकुरा बोकेर घरघर पुगिरहेका छन् । वडाध्यक्ष त्रिलोचन सापकोटा सहितको नेतृत्वमा सदस्यहरु संक्रमितलाई पोषिलो खानेकुरा लिएर घरघर पुग्न थालेका हुन् । दोस्रो लहरको शुरुआत देखी नै जनप्रतिनिधिहरु नागरिकको स्वास्थ्य प्रति संवेदशील हुँदै सचेत गराइरहेका छन् । पछिल्लो समय वडाध्यक्ष सापकोटा सहितको टोलीले संक्रमितलाई पोषिलो खानुकुरा, औषधि…