झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट

झापा - कोभिड १९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ श्ययाको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची…