Banner news

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

President Bidya Devi Bhandari signs

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares