समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवश्यक रहेको बताउनुभयो । नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवश्यक रहेकोमा…