दावी पेश गर्न दुवै नेकपालाई निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले विभाजित नेकपाका दुवै पक्षलाई आ–आफ्नो आधिकारिकता पुष्टि हुने गरी आवश्यक कागजात र दावी पेश गर्न पत्राचार गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले दुवै पक्षले मागेको कुरा औपचारिक रुपमा आयोगलाई उपलब्ध गराउन भनेर पत्राचार गरिएको प्रमुख आयुक्त दिनेश थपलियाले नेपाल प्रेसलाई बताए । थपलियाले भने– उहाँहरुले पार्टीको निर्णय भनेर पठाउनुभएको छ…