नेपालीलाई पुग्ने खाद्यान्न नेपालमै

काठमाडौँ । नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुन्छ । नेपालमा भएको उत्पादन खानका लागि मात्र नभई बचत पनि हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा जम्मा उपभोग्य प्रशोधित खाद्यान्न उपलब्धता ७३ लाख १२ हजार १७२ मेट्रिक टन रहेको छ । त्यसमध्ये नेपालीले ५६ लाख…