भद्रपुर - प्रदेश नं १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वारलाई कता राख्ने भनेर स्थानीयवासीले शुरु गरेको विवादले अलपत्र परेको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा पाँच दशकअघिदेखि रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल भवनसँगै प्रवेशद्वार अहिले दक्षिणतिर छ । विमानस्थलको एक हजार ५०० मिटर लामो धावनमार्ग पूर्व–पश्चिम फैलिएको छ । पुनःनिर्माण गरी…