काठमाडौँ । नेपालको पुरानै नक्सा छापिएका स्कुले पाठ्यपुस्तक जफत गरिने भएको छ । केही प्रकाशकले आगामी असार १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा वुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८८ औँ बैठकमा उहाँले त्यस्ता पुस्तक तत्काल जफत गर्न निर्देशन दिनुभयो…