आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार

झापा । बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन्।विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पु¥याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जङ्गलभित्र बेहोस बनाउने गोली हानेर समातेको थियो। बाहुनडाँगीको जङ्गलमा सो हात्ती देखा परेको सूचनाका आधारमा वन कार्यालयबाट खटिएको…