पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने

झापा । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले यस वर्ष विसं २०७७ सम्म पञ्चाङ्गलाई स्वीकृति मात्र दिने गरेको थियो । समितिका तर्फबाट पञ्चाङ्ग प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गरी प्राप्त भएकाले काम अघि बढाइएको समितिका अध्यक्ष…