काठमाडौं, असार २४ गते । पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल 'प्रचण्ड'बीचकाे वान–टु–वान वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल…