रुपन्देही । रुपन्देहीको तिलोतमामा पाँच जनाको सामुहिक हत्याको आरोपमा पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरेका छन् । स्थानीयले घेरेर पक्राउ गरी प्रहरीमा बुझाएका सुर्खेत भर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेका हुन् । गए राति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा पाँच जनाको सामुहिक हत्या भएको थियो ।…