काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाका सम्बन्धमा आएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताउनुभएको छ । उहाँले निर्णय नै निश्चित भइनसकेको आयोजनाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिई समाजमा भ्रम फैलाउने कार्य गलत भएको स्पष्ट पार्नुभएको छ । शुक्रबार ६५औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ‘कार्यारम्भ सुरु नभएको, हुने…