म्यानचेस्टर सिटीमाथिकाे प्रतिबन्ध फुकुवा

झापा – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्ध सोमबार फुकुवा भएको छ । खेलकुदको न्यायिक निकाय कोर्ट अफ् आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जनाएको हो । युरोपियन फुटबल महासङ्घले प्रिमियर लिग क्लब सिटीलाई गएको फेब्रुअरीमा दुई सिजनको लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । यूईएफएको क्लब लाइसेन्सिङ…