‘सलह सक्रिय हुने सम्भावना टर्‍याे’

काठमाण्डाै – नेपाल भित्रिएको सलह कीरा अब सक्रिय हुने सम्भावना टरेको छ । केही दिनयता सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले सलह अब सक्रिय हुने सम्भावना सकिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो । बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरै संख्यामा सलह मरेको पाइएको उहाँले बताउनुभयो ।…