पश्चिम बंगालद्वारा नेपाली सवारी प्रवेशमा रोक

झापा - भारतले नाका बन्द गर्ने हल्लाका बीच भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएको छ । सवारी प्रवेशमा रोक लगाएपछि निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकडभिट्टामा नै रोकिएको छ । नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य उत्पादन लामो समयदेखि निर्यात हुन नसक्दा कृषक तथा व्यवसायी मर्कामा परेका हुन् ।…