कोरोनाले ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु भएको जनाएको छ । यसैगरी, विश्वभर करिब ७ हजार ६२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिवार १६ मे २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको हो…