काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिनुहुने छ । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्ने योजना छ । नेकपाका एक नेताका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग…