२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ । मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गर्नुहुँदै भन्नुभएको छ, “दुई कम्युनिस्ट पार्टीबीचको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना थिएन ।”…