कम्युनिष्ट सरकारलाई जनताले ५० वर्षको लागि अवसर दिएका छन् : प्रचण्ड

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सरकारलाई ५० वर्ष जनताको सेवा गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनले यो अवसरलाई सदुपयोग गर्न जनताको जीवनमा प्रत्यक्ष रोजगार, उत्पादन, कृषि र शिक्षामा रुपान्तरण गर्दै विकासलाई गति दिनुपर्ने बताए । आज झापाको बिर्तामोडमा आयोजित गौरीशंकर खड्का स्मृति प्रतिष्ठाको आठौं वार्षिक साधारण सभालाई…