सडक निर्माणमा दवाव दिन भद्रपुर रोडमा चक्काजाम

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीले भद्रपुर सडक खण्डमा आवतजावत अवरोध गरेका छन् । उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा अवरोधसहित चक्काजाम गरिएको छ । सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत असर पु¥याएकोले व्यवसायी सडकमा निस्केका छन्…