सामुदायिक वनक्षेत्रमा पर्यापर्यटनको गविविधि बढ्दै

झापा, १७ भदौ - कोशी प्रदेशका नौवटा जिल्लाका ५४ सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् । पर्यटक आकर्षित गर्ने यी सामुदायिक वनमध्ये २३ वटा झापामा छन् भने नौवटा सुनसरी र सातवटा मोरङमा छन् । उदयपुरमा पाँच, धनकुटामा तीन, तेह्रथुममा तीन, इलाममा दुई, ताप्लेजुङमा एक…