समाजलाई अराजकताबाट मुक्त गर्न सडकमा आउने : महासचिव धामी

काठमाडौं । अनेरास्ववियुका महासचिव दीपक धामीले समाजलाई अराजकताबाट मुक्त गर्नको लागि आफूहरू सडकमा आउने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएकोबारे पत्रकार सम्मेलनमा बोल्दै अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको बताए। उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ।…