बीपीका निमित्त भिसी सुकुम्बासीका झुपडीमा

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जीव शर्माले कलेजो रोगबाट ग्रसित रोशन राईलाई धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्ती स्थित निवासमै पुगेर चेकजाँच गर्नुभएको छ । आर्थिक अभावमा अस्पताल लैजान नसकेर घरमै जीवनमरणका दोसाँधमा रहेका राईको अवस्था बारे बुझ्न मुटु तथा मृगौला रोग विशेषज्ञ समेत रहनुभएको डा।शर्मा झुपडीमै पुग्नु भएको हो ।…