झापामा फोटो प्रतियोगिता र पत्रकारिता तालिमको तयारी

बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका अनुसार झापाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकीकृत गर्दै उनीहरूको पेशागत विकासका लागि व्यावसायिक अवसरहरू सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको…