काठमाडौं, १६ बैशाख । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको छ। टेलिग्रामका संस्थापक पावेल दुरोव आफैले यो जानकारी दिएका छन्। यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट प्रत्यक्ष…