केही भएन भन्ने भ्रामक प्रचार बढी भयो – मन्त्री डा राणा

काठमाडौँ, ४ वैशाख - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताउनुभएको छ । डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको…