बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आयोजना गरिने विज्ञान प्रदर्शनीमा १…