बिर्तामोड

झापाका चार सञ्चारकर्मीलाई तीज विशेष लेखनवृत्ति प्रदान

झापाका चार सञ्चारकर्मीलाई तीज विशेष लेखनवृत्ति प्रदान


बिर्तामोड । नारी सञ्चार गृह झापाले जिल्लाका चार जना सञ्चारकर्मीहरुलाई लेखनवृत्ति प्रदान गरेको छ । तीज विशेष लेख लेख्ने चार जना सञ्चारकर्मीहरुलाई लेखनवृत्ति प्रदान गरेको हो ।

आज झापाको बिर्तामोडमा नारी सञ्चार गृह झापाले आयोजना गरेको तीज मिलन कार्यक्रमको अवसरमा लेखनवृत्ति समेत प्रदान गरिएको हो । पूर्व अध्यक्ष भीमा शिवाकोटीले हरेक तीजमा लेखनवृत्ति दिने घोषणा गर्नुभएको थियो । सो घोषणा बमोजिम चार जनालाई लेखनवृत्ति प्रदान गरिएको हो ।

लेखनवृत्ति प्राप्त गर्नेहरुमा रेडियो भिजनबाट ममता अधिकारी, इजलास दैनिक सिर्जना परियार, खबर हेडलाइन अस्मिता साँखी र आँगन एफएमबाट रन्जिता खड्का रहेका छन् ।

लेखन कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले सुरुवात गरिएको लेखनवृत्तिमा चार जनाले सहभागिता जनाएका थिए । चारै जनालाई प्रोत्साहनका लागि लेखनवृत्ति प्रदान गरिएको पूर्वअध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले तीज पर्वको शुभकामना दिदंै सकारात्मक सन्देश दिने समाचार खोजी गर्न सूझाव समेत दिनुभयो ।

रोटरी क्लव मिट टाउन विर्तामाडकी अध्यक्ष पुष्पाजलि सिन्हा, निवर्तमान अध्यक्ष रेजिना गौतमलगायतले तीजको सांस्कृतिक महत्व र बर्तमान अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो । संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोस्ना श्रेष्ठले स्वागत र सचिव दीपा सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा लेखनवृत्ति प्रदान गर्नुका साथैं गजल, कविता, पत्रकारितासँग सम्बन्धित हाजिरीजवाफ, गायन नृत्य प्रस्तुत गर्दै दर खाएर तीज मिलन सम्पन्न गरिएको थियो ।

 

शेयर गर्नुहोस :

1.2k
Shares