काठमाडौँ, २१ चैत - भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गर्नुभएको थियो ।…