जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने टोपेन्द्र पक्राउ

काठमाडौं - वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्। सल्यान कपुरकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्। उनलाई टोखाबाटै मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रानामगरले दुई जनाबाट ४२ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरी…