काठमाडौं । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले यस पटकको पार्टी केन्द्रीय कमिटी बैठकमा मैले बाल्न पाइनँ भन्ने भाष्यको अन्त्य भएको बताउनुभएको छ । आइतबारबाट जारी पार्टी केन्द्रीय कमिटी बैठकमा मस्त छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरूले खुलस्त रूपमा आफ्ना कुरा राख्नु भएको ढुङ्गेलले बताउनुभयो । ‘केन्द्रीय सदस्यहरू, पोलिटब्युरो लगायतका नेताहरूले…