लुम्बिनी, २ फागुन - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताउनुभएको छ । आज बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि अध्यादेश ल्याएको बताउनुभयो । उहाँले सहकारी स्वनियमनकारी…