Banner news

नेपाली कांग्रेस झापाको सभापतिमा कृष्ण हुमागाँई निर्वाचित

नेपाली कांग्रेस झापाको सभापतिमा कृष्ण हुमागाँई निर्वाचित


बिर्तामोड । नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेश अन्तरगत आज बिर्तामोडको अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला सचिव कृष्ण हुमागाई जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ ।

यसअघि कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, झापा जिल्ला अधिवेशन तयारी समिति र जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नु भएका हुमागाई निर्विरोध निर्वाचित हुनुभएको हो ।
१४ औं महाधिवेशनबाट जिल्ला सचिवमा कृष्णप्रसाद सिटौलाको टिमबाट निर्वाचित हुनु भएका हुमागाई र सहसचिव कालेन्द्र राहवंशी बाहेकका जिल्ला पधाधिकारी विश्वप्रकाश शर्माको टिममा गएका छन् । १४ औं महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूहले जितेको थियो ।

नेपाली कांग्रेसको १४ महाधिवेशनभन्दा अघिका कार्यकालहरुमा जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला प्रचार बिभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसक्नु भएका नेता हुमागाँईले कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिससक्नु भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति, साप्ताहिक बिचार, रेडियो नेपाल, रासस, पूवाञ्र्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक, झुल्केघाम, नयाँ संदर्भ, जय लोकतन्त्र साप्ताहिक, स्पेशटाइम्स दैनिक, अर्जुनधारा दैनिक लगायत दर्जनौ संचार संस्थामा सम्वाददातादेखी प्रधनसम्पादकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

हुमागाँई प्रेस तथा अभिव्यक्ति सवतन्त्रताको आन्दोलनको क्रममा पटक–पटक हिरासतमा पर्नु भएको थियो भने २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरि सैनिक कु–गरेपछि संगठन बिभाग प्रमुख कृष्ण सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताउनु परेको थियो ।

निर्वासनमा रहँदा पनि हुमागाँईले नेपालमा तत्कालिन शाही सत्ताले गरेको दमनका बिरुद्ध अन्तरास्ट्रिय संचार माध्यममा नेपालको प्रेस स्वतन्त्रता र मानव अधिकारको दयनीय स्थितिका बारेमा समाचार प्रवाह गर्नुका साथै शाही अत्याचारका विरुद्ध आन्दोलना प्रचार सामग्री भारतमा तयार गरि छपाई गरेर नेपाल पठाउने जिम्मेवारी सम्हानु भएको थियो । त्यसताका ज्ञानेन्द्र शाहले नेपालमा सम्पुर्ण संचार माध्यममा सेन्सर र प्रतिबन्ध लगाएका थिए । राजाको कदम विरुद्ध कुनै पनि पर्चा, पम्प्लेट पोष्टर कसैले छाप्न नपाउन भनेर प्रेसहरु पनि बन्द गराइएको थियो ।

जुझारु, निडर अनि संघर्षशील छवि बनाउनु भएका हुमागाई जनआन्दोलनका क्रममा निकै चर्चित हुनुहुन्थ्यो । स्पष्टवक्ता र खरो बैचारिक बहस गर्नसक्ने कुशल वक्ता हुमागाईलाई राजनीतिक मोर्चाको नेतृत्वदायी भूमिका प्राप्त गर्नुभएको छ ।

शेयर गर्नुहोस :

1.9k
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu