काठमाडौं । विपक्षी दलहरूले संसद अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको विपक्षी दलको बैठकले संसद् अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको हो ।
पत्रकार धरपकड, सरकारसँग बिचौलिया जोडिएको, न्यायाधीशबारे महाभियोगलगायतको विषयमा छलफल गर्नको लागि संसद् आवश्यक देखिएको काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।
बैठकमा आङ्दाम्बेसहित राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, प्रमेश हमाल र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्त ठाकुर, राप्रपाबाट खुश्बु ओली लगायत नेताहरू पनि सहभागी थिए।







प्रतिक्रिया