बिर्तामोड । एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा हुने उपाधि भिडन्तमा आयोजक बुट्टाबारी युनाइटेड र धरानको फेयर फुटबल क्लब आमनेसामने हुँदैछन्। फाइनल खेल दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको…