७८ वर्षपछि शनिश्चरे माविमा पहिलो पटक महिला अध्यक्ष

बिर्तामोड । झापाको पुरानो सामुदायिक विद्यालय शनिश्चरे माविले पहिलो पटक महिला अध्यक्ष पाएको छ । वि.सं. २००५ सालमा स्थापना भएको विद्यालयले व्यवस्थापन समितिको अध्यक्षमा सिन्धु निरौलालाई पाएको हो । निरौलाका दुई जना छोराछोरी कक्षा १० र ११ मा अध्ययनरत छन् । उनी यसअघि विद्यालय व्यवस्थापन समितिको सदस्यको जिम्मेवारीमा थिइन् । सरकारले केहि नेपाल ऐन संशोधन…