भद्रपुर - साहित्यकार नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति ‘सन्देश’ आज झापाको धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय पुस्तकालय को ३१औँ स्थापना दिवसको अवसर पारेर आयोजित विशेष कार्यक्रममा उक्त निबन्ध सङ्ग्रह सार्वजनिक गरिएको हो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष प्रेमप्रकाश फलाहारी, प्रमुख अतिथि शिक्षासेवी जयनारायण ढुङ्गाना, शिक्षासेवी हरिचरण बानियाँ, अञ्जना ढुङ्गाना तथा लेखक…