पूर्वी नाका भएर भित्रिए सात हजार पर्यटक

लक्ष्मी उप्रेती मेचीनगर : नेपालको पूर्वी काँकरभिट्टा नाका हुदैँ पैदलमार्ग भएर दैनिक २८ जना विदेशी नागरिकहरु नेपाल घुम्न आउने गरेका छन् । काँकरभिट्टास्थित अध्यगमन कार्यालयको अभिलेखले यसलाई पुष्टि गर्दछ । कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को साउनदेखि चैत महिनाको अन्त्यसम्म ‐नौ महिना)मा काँकरभिट्टा नाका भएर ८१ वटा देशका सात हजार छ…