कनकाईमा अटो-मोसा दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

बिर्तामोड । झापाको कन्काई नगरपालिका–३, नयाँबस्तीस्थित पूर्वपश्चिम राजमार्गमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । आज बिहान करिब ११ः३० बजेको समयमा बिर्तामोडबाट सुरुङ्गा तर्फ जाँदै गरेको प्र १–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा…