काठमाण्डौ - अण्डमान सागरमा शरणार्थी बोकेको डुङ्गा पल्टिँदा झण्डै २५० जना रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक बेपत्ता भएका छन् । अण्डमान सागर म्यानमार, थाइल्यान्ड र मलेसिया प्रायद्वीपको पश्चिमी किनारसँग जोडिएको क्षेत्र हो । डुङ्गामा पुरुष, महिला तथा बालबालिका चढेका र तीव्र हावा तथा अत्यधिक भारका कारण डुबेको राष्ट्रसंघलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।…